काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ९ हजार ११७ जनामा पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ जनामा एन्टिजेन परीक्षणमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ।