काठमाडौं । युट्युबको ट्रेण्डिङ् नं. १ मा प्रकाश सपुतको "मेरो पनि हैन र? यो देश" भन्ने बोलको गीत परेको छ। प्रकाश सपुतकै शब्द, संगित र भाका रहेको गित दुई दिन अगाडी मात्रै युट्युबमा सार्वजनिक भएको थियो ।

प्रकाश सपुतले देशको विविधतालाई समेटेर तयार गरेको गितमा प्रकाश सपुत लगायत १० गायकहरूले स्वर दिएका छन्। प्रिज्म रेकर्डिङ् स्ट्युडियोमा रेकर्ड भई दिपेन धामीले सम्पादन गरेको यो देशभक्ती सन्देश दिने गितको कन्सेप्ट तथा निर्देशन प्रकाश सपुत आफैले  गरेका छन् । 

प्रकाश सपुतको आफ्नै युट्युब च्यानलमा अप्रिल २३ मा सार्वजनिक भएको गीत अहिले ट्रेण्डिङ् नम्बर एकमा परेको छ।