काठमाडाैं। सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत भरखरै बजारमा आएको छ। औठी सुनैकाे बाेलकाे गीत राजधानी फिल्मस् प्रा.लि.को बजारमा ल्याएकाे हाे। 

गीतमा चर्चित लोक गायक निकेश तामाङ र नव गायिका तुलसा तामाङ ले सुमधुर स्वर भरेका छन् भने एरेन्ज यम थापाले गरेका छन्। गीतको अडियो भने लेकाली स्टुडियोबाट मान ब. बरालले ले तयार पारेका छन्।

नेपाली सिने जगतका महान हस्ति महानायक राजेश हमाल र लोकदोहोरी क्षेत्रकप् चर्चित मोडल सारिका के.सी. को दमदार अभिनय रहेको गीतले नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ उर्जा थप्ने काम गरेको छ।

विगत दुई दशकदेखि मेहनत र पछिल्लो समयमा ट्रेण्डिङ्को यात्राले नछोडने बहुचर्चित निर्देशक देवेन्द्र कुवँर को निर्देशनको स्वाद चाख्न पाईने छ। सिन्धुलीमा जन्मेका गीतकार तथा मोडेल रमन पहाडीको लोग गीतले यतिवेला नेपाली संगीतको क्षेत्रमा नै सुखःद बहार ल्याएको छ । उनको यो कोशेलीलाई थप हौशला प्रदान गरिदिनुहुन पनि उनले आफ्ना संगीतप्रेमी पाठक, दर्शकलाई अनुरोध गरेका छन् ।