खदिमुदि
नेपालीमा ।।
फूल्लेको, सुन्नेको र मोटाएको
उता परदेखि हेर्दा एउटै देखिन्छ हजुर ।
सिस्नुले पोल्दा, आगोले पोल्दा आत्थाउ ! भन्यौँ भने पनि
एउटै गरि पोल्दैन हजुर।
त्यहि भएर कहिल्यै पनि एउटै नसम्झनु
अहिलेसम्म कसले थाहा पायो र ?
सँधै हाँस्ने, हसाउँने निङ्रेदिम जेठी
मन भित्र-भित्र रोएको पो छि कि !
सबैलाई साथ दिने भिताखिँ कान्छा
आज उ एक्लो भएको पो छ कि !
त्यहि भएर सँधै एउटै गरि नसम्झनु होस् हजुर
आजको तपाईको एकदमै राम्रो मुहार
भोलीको दिनमा सबै चाहुरिएर जान्छ ।
असाध्यै लोभी भएर नसाँच्नु सबै रोक्न सकिन्न
सबै रोक्न सकिन्न प्रकृति एकदिन सबै छोडेरै जानेहो ।
-रेविका सुनुवार, दरागाउँ रामेछाप ।