उमेरले डाँडाे काटेका जेष्ठ नागरिक रामबहादुर सुनुवारलाई मुरलीको धुनमा रमाउन पाउँदा १६ वर्षे जवानी फर्केको अनुभुति हुन्छ । चाहे उकाली ओराली गर्दा होस् वा चौतारीमा विश्राम गर्दा उनी मुरलीको धुन मै रमाउने गर्दछन् । मुरलीको धुनमै मनभरीका भाका गुन्नुनाउँछन् अनि नाच्छन् । फिक्कल गाउँपालिका वडा -१, सिन्धुलीका स्थायी बासिन्दा राम बहादुर सुनुवार यसरी मुरलीको धुनसँगै जीवनका कयौँ उकाली ओराली पार गर्दै समय वितेको पत्तै नभएको अनुभव सुनाउँछन् । फिक्कल गाउँपालिकाको उपाध्यक्ष पार्वती सुनुवारसँग भेट्न पाउँदा निक्कै खुसी भएका मुरली बा मुरलीको धुनको माध्यमले फिक्कलकाे कला झल्काउँछु भन्ने आत्म विश्वास अझै रहेको बताउँछन् ।