गफै त हो नी सम्धी
जती गरे नी नसकिने
जती सुने नी सुनीरहुँ लाग्ने
ए गाँठे, कस्तो होला नी यो गफ ?


धारा पँधेरो भन्दैन,
चौतारी देउराली भन्दैन,
पाटी पौवा भन्दैन,
घर, अफिस, बाटो, चोक,
बिहे, ब्रतबन्ध, काजकिरीया,
छोटो भेट, लामो भेट
हुँदा हुँदा चिया पसल,
तातो चिया, चिसो भइसक्दा,
गफ गर्ने र सुन्नेको
इज्जत गइसक्दा,
बिहानको घाम
दिउँसो भइसक्दा,
भकारीको धान
चामल भइसक्दा,


सत्य युग पनि
कलि भईसक्दा,
भविष्यका सपना
जली गईसक्दा
पनि, सुन्ने सुनिरहने
बोल्ने बोलिरहने
कस्तो गफ होला त्यो ?
हैन कस्तो गफ होला त्यो ?

        - पूर्ण मैनाली, झापा