काठमाडौं । आज किरातहरूको नयाँ वर्ष सम्बत् ५०८१ सुनुवारहरूले कोभिड १९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी मनाएका छन् । कोभिड १९ को त्रास पूर्ण रुपमा हटि नसकेकाले सुनुवार सेवा समाज संघीय समितिका पदािधकारीहरू र भगिनी संस्थाका पदाधिकारीहरूको उपस्थितिमा पिँदार गरी शुभकामना आदानप्रदान गर्दै येले सम्बत् ५०८१ मनाईएको हो ।

किरात समुदाय अन्तर्गत सुनुवार समुदायले नक येले थोचे ५०८१ को अवसरमा संघीय कार्यालयमा पिँदार गरी चेलीहरुलाई टिका लगाएर एक आपसमा शुभकामना आदानप्रदान गरी मनाईएको हो । किरात सम्वत् नेपालको पहिलो ऐतिहासिक र पुरानो सम्बतको रुपमा मनाईने गरिएको छ । 

आजको दिन सुनुवार समुदायले येले थोचे, राई समुदायले येले दोङ् तथा लिम्बु समुदायले कक्फेक्का तङ्नामको रुपमा किरात सम्बत् मनाउँदै आएका छन् ।