काठमाडौं । अनलाइन प्रमाणलीमार्फत विश्वको जुनसुकै कुनाबाट श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।  अनलाइनमार्फत जीवन बीमा र कल्याणकारी कोषमा रकम तिर्न सकिने व्यवस्था गरेसँगै आगामी शुक्रबार (पुस १७ गते) बाट सेवा सुचारु हुन लागेको हो । 

सेवाग्राहीले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ र अनलाइन सेवा छानेर शुल्क भुक्तानी गर्न सकिने छ ।

श्रम स्वीकृतिको आवेदन विविध कारण वश रद्द भएमा त्यसको कारणसहितको एसएमएस सेवाग्राहिको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।

वैदेशिक रोजगार विभागको सूचना: