काठमाडौं। नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदका लागि दरखास्त माग गरेको छ। गोरखापत्रमा सूचना जारी गर्दै खुला विश्वविद्यालय कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको हो।

आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जनाको माग भएको छ भने खुलातर्फबाट पदपूर्ति गर्नका लागि पनि २२ जनाको माग भएको छ। प्रशासनतर्फ आन्तरिक प्रतियोगितामार्फत् पदपूर्ति गर्न शाखा अधिकृत, कार्यालय मुख्यसहायक, लेखा मुख्य सहायक, प्राविधिक मुख्य सहायक गरी कूल १० जनाको माग भएको छ। खुला प्रतियोगिताबाट शाखा अधिकृत, लेखा अधिकृतलगायत पदमा गरी कूल २० जनाको माग भएको सूचनामा उल्लेख छ।

प्रकाशित सूचनामा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। प्राध्यापकका लागि फारम भर्न तीन हजार शुल्क लाग्छ। सहप्राध्यापकका लागि दुई हजार सात सय, उपप्राध्यापकका लागि दुई हजार चार सय, शाखा अधिकृतलाई दुई हजार, कार्यालय मुख्य सहायकलाई एक हजार दुई सय, कार्यालय सहायकलाई नौ सय र समावेशी शुल्कप्रति समावेशी तीन सय छ।

सूचना विस्तृतमा: