काठमाडौं। नेपाल प्रहरीले ठूलो संख्यामा विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न पदहरूमा २ हजार ३ सय जनाको दखास्त आह्वान गरेको हो।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार प्रहरी निरीक्षक (जनपद) पदमा १ सय ४६ जना, प्रहरी जवान १ हजार ९ सय ७१, भान्छे १ सय ६३, हजाम १०, सिलाई/बुनाई १०, कुचिकार १० र धोबी १० जना गरी कुल २ हजार ३ सय ३० जना माग गरिएको छ। इच्छुक नेपाली नागरिकले यही मंसिर १९ गतेदेखि पुस २३ गतेसम्म आवेदन पेस गर्न सकिने जनाएको छ।

सूचनाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस्।