रामेछाप– रामेछापको मन्थलीमा रामेछाप साँस्कृतिक कलाकार समाज मन्थली नगरपालिका कार्यसमिति गठन भएको छ ।
कला,साहित्य र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका साथै पहिचानका लागि बुधबार मन्थली नगरस्तरिय १६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।


उक्त कार्यक्रममा रामेछाप साँस्कृतिक कलाकार समाज अध्यक्ष रामकुमार पौडेल, नगरपालिका संयोजक सबिन चौहान, प्रमुख आतिथिमा नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , समाज संस्थापक अध्यक्ष अमृत बहादुर सुनुवार , वरिष्ठ उपाध्यक्ष कुमार कार्की र महासचिव युनिक विफा घिसिङको विशेष उपस्थितिमा गरिएको आयोजकले जनाएको छ ।

संस्थाका अनुसार उक्त कार्यसमितिमा नव गठित कार्यसमितिको अध्यक्षमा लोक तथा दोहोरी गायक दुर्गानारायण श्रेष्ठ, उपाध्यक्षमा पासाङ लामा , महिला उपाध्यक्षमा ईश्वरी बस्नेत, सचिवमा नवराज श्रेष्ठ, सह–सचिवमा राम विपि मगर र कोषाध्यक्षमा भावना कार्की चयन भएका छन् । साथै कार्यसमिति सदस्यहरुमा निकिता चौहान, सन्तोष बस्नेत ,कृष्णहरि चौहान,सिर्जना रोक्का, अनिता थापा मगर ,सुरुची मगर, भद्रमाया पुलामी मगर ,समशेर लामा,दिक्षा महत र केशव पाख्रीन चयन भएका हुन् । नवगठित कार्यसमितिका अध्यक्ष दुर्गानारायण श्रेष्ठले आगमी दिनमा स्थानीय सरकारसंग प्रयाप्त समन्वय र सहकार्य गरेर अगाडी बढ्ने आश्वासन दिएका छन् ।

 

मन्थली नगरपालिका प्रमुख बस्नेतले रामेछाप साँस्कृतिक कलाकार समाजलाई नगरपालिकाले सकेको सहयोग गर्ने कार्यक्रममा बताएका छन् ।  नगरपालिकाभित्र साहित्य, संस्कृति संरक्षण र सम्वद्र्धनका लागि नगरपालिकाले १५ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरेका छन् । नगरले समय–समयमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै आगामी दिनमा थप कार्यक्रमहरु समाजसँग समन्वय र सहकार्य गरेर सञ्चालन गर्ने बताएका छन् । समाजका सस्थापक अध्यक्ष अमृत बहादुर सुनुवारले रामेछाप साँस्कृतिक कलाकार समाजले पुराना कलाकार लाई सम्मान र नयाँ कलाकारलाई प्रोत्साहन गर्दै आईरहेको बताए । मन्थली नगरपालिका–१ का कार्यबहाक अध्यक्ष गजेन्द्र बहादुर थापा , नगरपालिका–३ का अध्यक्ष केशव रोक्का, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, बचत तथा सहकारी संघ बागमती प्रदेश कार्यसमिति सदस्य जगन्नाथ दाहाल, रामेछाप साँस्कृतिक कलाकार समाजका मानार्थ सदस्य लेख बहादुर कार्की , सल्लाहकार पुर्ण सुवेदी लगायतले आफ्नो बिचार व्यक्त गरेका थिए ।