एजेन्सी । नेपाली २२ वर्षीय युवा दिवेश पोखरेल ‘अर्थर गन’ अमेरिकन आइडलको टप सेभेनमा पुग्न सफल भएका छन् । उनी नेपाली मूलका भए पनि अमेरिकाको कन्सास स्टेटमा बसोबास गर्दै आएका छन् ।

विश्व प्रसिद्ध अमेरिकन सिङ्गिङ रियालिटीको १८ औँ संस्करणको प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै आएका अर्थर गन ११ प्रतिस्पर्धीबीचको भोटिङ हुँदा टप सेभेनमा पर्न सफल भएका हुन् ।

अर्थरले टप सेभेनमा पनि सफलता हासिल गरे फाइनलमा पुग्ने छन् । उनले टप सेभेनको प्रतिस्पर्धाको लागि ‘किस द गर्ल’ बोलको गीत गाएका छन् । अनलाइन भोटिङ्ग सिस्टम रहेपनि नेपालबाट भने भोट गर्ने सकिने व्यवस्था छैन ।