मेरो जीवन उसकोभन्दा फरक छ
मेरो जीवनमा दुख अनि पिडा
तर उसको जीवनमा सुख र सुन्दरता छ
मेरो जीवनमा आँसु र रोदन
अनि उसको जीवनमा हाँसो र मुस्कान छ ।

उसको जीवन सुखद र असल छ
उसँग खुसी र प्रेम छ
तर मेरो जीवनमा खुसी हुने बाहना र प्रेमको नाटक छ
कहाँ मिल्नु उसँग मेरो जीवनयात्रा
एक रथको दुई पाङ्ग्रा भए पछ ।

 

- मिलन राई, इलाम