काठमाडौं। सुनुवार कलाकार तथा चलचित्रकर्मीले निर्माण गरेको शिव मुखियाद्वारा निर्देशित लघु चलचित्र ‘गो सु नङा?’ युट्युवमा सार्वजनिक भएको छ। सुनुवार जातिको पहिचानको वकालत गर्ने चलचित्र आज साँज ५ बजे युवट्युवमा सार्वजनिक भएको हो।

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको पहिलो निर्माण तथा शिव मुखियाद्वारा निर्देशित लघु चलचित्र ‘गो सु नङा ?’ २०७४ सालमा सम्पन्न भएपनि यसले देश विदेशमा विभिन्न चलचित्र महोत्सवहरुको यात्रा पुरा गर्दै युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले सामाजिक सञ्जालमार्फत युट्युवमा लघु चलचित्र सार्वजनिक गर्न लागेको जनाउँदै '२०७४ सालमै निर्माण गरिएको भएपनि देश तथा विदेशको विभिन्न महोत्सवहरूको यात्रा पुरा गर्दै आज आफ्नै युवट्युव च्यानलमार्फत तपाईहरु सामु ल्याउन पाउँदा हामी एकदमै हर्षित छौं। यो चलचित्र हाम्रो पहिलो प्रयास थियो । तपाईहरुको माया, साथ पाएर हामी अगाडि बढिरहेका छौँ। आज साँझ ५ बजे यहि लिङ्कबाट चलचित्र हेर्न सक्नुहुनेछ । यो चलचित्र हाम्रो अहिलेको समयको आफ्नै कथा हो त्यसैले धेरैभन्दा धेरै माझ पु¥याउन मद्दत गर्नुहोला। चलचित्र हेरेर हामीलाई सरसल्लाह, साथ र हौसला दिनुहोला । साथै शेयर, सब्स्क्राइब पनि गरेर माया गरिदिनु होला  हामी आगामी दिनमा यस्तै सौगातहरु लिएर आउनेछौँ।' 

लघु चलचित्र 'गो सु नङा?' अर्थात् हु एम आई? हेर्न यहाँ क्लिक गर्नुहोस्।