काठमाडौं। कलाकार इँगिहोपो कोँइच सुनुवारको पहिलो शर्ट मुभि 'सानो पाइला' युट्युवमा सार्वजनिक भएको छ। कोरोना महामारी र महामारीबीच सर्वसाधारणले झेल्नु परेको समस्या कथावस्तुमा समेटिभएको छ।

गोग्राहा फिल्मसँगको सहकार्यमा सृजनाघर होम अफ क्रियटिभिटीले आयोजना गरेको "लेट्स वर्कसप, ह्याण्डस् अन इन्टेन्सिभ फिल्म मेकिङ वर्कसप" कार्यशालामा सहभागिता जनाउनेक्रममा प्रोजेक्ट वर्कको रुपमा शर्ट मुभि तयार गरिएको शर्ट मुभिका निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताउनु भयो।

आफ्नो निर्देशनमा शर्ट मुभि रिलिज भएपछि मुभि निर्माणमा साथ दिनुहुने कलाकारहरू तथा सहकर्मीहरू सागर कामी, किरण राई, भुवन सिंह राई, विकास पन्त, कुसुम दाहाल लगायतलाई धन्यवाद र दिपक रौनियार सर, आशा मगराती दिदी, विकाश बुढाथोकी दाजु, करुण बस्नेत भाउजु सम्पूर्णमा सामाजिक सञ्जाल मार्फत आभार प्रकट गरेका छन्।

शर्ट मुभि हेर्न यहाँ क्लिक गर्नु होस्