काठमाडौै । संगितको संसारमा उदाउँदै गरेको नव गायक लोकेन्द्र कार्कीले नयाँ गीत लाईफ कमेडी सार्वजनिक गरेका छन् ।

विश्वभर फैलिएको कोभिडको महामारीबिच कार्कीले गीतको भिडियोमा स्नेह कार्कोको सुन्दर आर्टको प्रयोग गरेर भिडियो बनाएका छन् । कार्की स्वयंको लेखन तथा स्वरमा सार्वजनिक गरिएको गीतको सम्पादन इशान कार्कीले गरेका हुन् । युवाहररुको जीवनमा घटिरहेको घटनालाई समेटेर लेखिएको गीत निकै समसामयिक रहेको छ ।

कार्कोको आफ्नै युट्युब च्यानल लोकेन्द्र कार्कीबाट सार्वजनिक गरेका हुन् ।