बरुण घिमिरे, सिन्धुली। तीनपाटन गाउँपालिका स्वास्थ्य शाखााको पहलमा तीनपाटन -९ आम्बोटेका सालुके, बाङरिङबेशी, रातमाटा, नरापु लागाएत गाउँका घरघरमै गएर कोरोना संक्रमित तथा उच्च ज्वरो आएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्य कर्मी पठाएको छ।

आम्बोटेका हेल्थ पोष्टका इन्चार्ज रामबेचन शाह भन्नु हुन्छ "हामी ज्यानको प्रवाह नगरी यसरी घरघरमा आएका छौँ कृपया अब केही दिन घरमै बसिदिनुस्।" त्यस्तै स्वास्थ्य शाखााका प्रमुख इन्द्र बहादुर दुलालले हामीले संक्रमितसँग दिनमा एकपटक उनीहरूको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिने गरेका छौँ र यदि उनिहरुलाई गाह्रो भएको महशुस भए तुरुन्त स्वास्थ्यकर्मी खटाउने गराएको जानकरी गराएका छ्न् ।

साथै उहाँले संक्रमितको अक्सिजन, ज्वरो,स्वास प्रश्वास, खोकी, लगाएतका स्वास्थ्य जाँच गरी विभिन्न स्वास्थ्य समस्याको बारेमा जानकारी लिई औषधी, माक्स, सेनिटाइजर समेत नि:शुल्क बितरण गर्ने गरेको जानकारी दिनु भएको छ।