सिन्धुली। दुधौली नगरपालिकामा बैशाख २९ गते गरिएको स्वाब संङ्कलनमा थप २७ जना सङ्क्रमित थपिएका छन्। उक्त दिन ५२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाईएको थियो।
सङ्क्रमितहरू वडा नं. १ का १ जना, वडा नं. ५ का २ जना, वडा नं. ६ का ३ जना, वडा नं ७ का १ जना, वडा नं. ८ का ६ जना, वडा नं. ९ का ११ जना, वडा नं. २ जना र वडा नं १४ मा १ जना रहेका छन्।
यससँगै दुधौलीमा सङ्क्रमितको संख्या १ सय ६१ पुगेको छ। जसमध्ये १३ जना निको भएका छन् भने १ जनाको मृत्यु समेत भएको छ। दुधौली नगरपालिकाले सङ्क्रमणको भयाबह अवस्थालाई मध्यनजर गर्दै वडा नं. ५ को सिर्थौलीमा अक्सिजन सहितको २० सैयाको आइसोलेशन स्थापना गरेको छ।