काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्‍मा विश्वासको मत हाँसिल गर्न नसक्दा दुई वा दुईभन्दा बढी सरकारको लागि राष्ट्रिपतिले तीन दिनको समय सीमा तोकेर बहुमत प्राप्त गर्न सक्ने गरी दाबी गर्न आह्वान गरेकोमा कसैको पनि दावी नपरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

राष्ट्रपतिले संविधान को धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गर्नु भएको थियो। तोकिएको समय सीमा बैशाख ३० गते बेलुका सम्म ९ बजेसम्म दावी पेश हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

अब, संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सांसदमा ठूलो दलको हैसियतले केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ।