जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पार्टीका सांसदहरुलाई कार्यकर्ताहरुले कालो मोसो दल्ने समय आउन सक्ने बताएका छन्।
पार्टी फुटको अवस्थामा रहेको र पार्टीका केहि सांसदहरु त्यसमा संलग्न रहेको भन्ने चर्चाका बीच बस्नेतले उक्त  चेतावनी दिएका हुन्।
"कहिले कुन रिसोर्टमा पुगेको छ, कहिले कुन होटेलमा । पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी र अवसरको केहि सांसदहरुले चरम दुरुपयोग गर्ने गरेको प्रति आक्रोश ब्यक्त गर्दै, आफ्नो स्वार्थको लागि पार्टी विरुद्ध जे पनि गर्न तयार हुने सांसदहरुलाई फेरी पनि त्यस्तै कार्यमा संलग्न भए भने जहाँ भेटिन्छन् त्यहि कालो मोसो दल्नु पर्ने हुन सक्छ, उनले भने ।

त्यस्ता अनुशासन तोड्ने सांसदलाई त पार्टीले पो कारबाही गर्नु पर्ने हैनर भन्ने प्रश्नमा पार्टीले त्यसो गर्ने गरेको भए यस्तो कदम चाल्नु त के सोच्नु पनि पर्ने  थिएन, उनले भने।
पार्टीमा बाबुराम भट्टराई पक्षले पार्टी फुटाउने प्रयोजनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ भने संस्थापन पक्षले उक्त कार्यको बिरोध गरिरहेको छ ।