काठमाडौ । स्थानीय तहकाे निर्वाचन नजिकिंदै गर्दा सबै राजनीतिक दलहरुले प्रचारप्रसारलाई तीव्र बनाएका छन ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार भोट माग्न गाउँ पसेका छन। दलका झण्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जाने गरेका छन । उम्मेदवार र नेताको चहलपहलले चुनावी माहोल बढाएको छ । उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन।

दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन । स्थानीय तहको निर्वाचन भएकोले पनि हरेक टोलमा उम्मेदवारहरु भेटिने गरेका छन।

सबै जसो उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्य प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउन लगाएतका विषयहरु लिएर मतदाताको घरघरमा गईरहेका छन ।