काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ५५ कोरोना सङ्क्रमित निको भएको बताएको छ। यो सँगै नेपालमा जम्मा ३ लाख २१ हजार ५१८ ले कोरोना जितेका छन्। 

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ९६० कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण २१४ जनाले  ज्यान गुमाएका छन्। नेपालमा कोरोना सङ्क्रमको कारण ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ।