काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन सम्बन्धति परिवारलाई गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार सूचना जारी गर्दै त्यस्तो निर्देशन दिएको हो। 

मन्त्रालयद्वारा बुधबार जारी सूचनामा "नेपाल सरकारले २०७८ बैशाख ६ गते जाररी गरेको राजपत्रमा प्रकाशित नयाँ भेरिएन्ट सहितको कोभिड -१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको शवको व्यवस्थापन वा अन्त्येष्टी गर्दा आफ्नो धर्म, परम्परा र संस्कृति अनुसार सम्बन्धित परिवार वा समुदायले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी गर्ने व्यवस्था मिलाउने।" भनिएको छ। 

त्यस्तै, त्यस्तो गर्न  सम्भव नभएमा कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बमोजिम नेपाली सेनाले गर्ने छ।