काठमाडौं। भारतको हरिद्वार भ्रमणबाट फर्किए लगतै कोरोना सङ्क्रमण पुष्टि भएका पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना मुक्त भएका छन्। उनी पूर्ण रुपमा स्वास्थ्यपछि बुधबार राति नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हुन्।

उनी सँगै अस्पताल भर्ना भएकी पूर्व रानी कोमल शाह भने उपचाररत रहेका छन्। उनको स्वास्थ्य सुधार भईरहेको अस्पताल स्रोतलले जनाएको छ। 

भारतको हरिद्वारमा आयोजित महाकुम्भमा आयोजकहरूको निमन्त्रणमा उनी त्यहाँ गएर गत अप्रिल १८ स्वदेश फर्किएका थिए। १९ दिन लामो अस्पतालको बसाई पछि पूर्वराजा कोरोना जितेर घर फर्किएका हुन्