काठमाडौं। स्पेनिश लिग लालिगा फुटबलमा  लिग लिडर एट्लेटिको मड्रिडले ४ अङ्कको अग्रता कायमै राखेको छ। गए राति सम्पन्न खेलमा रियल सोसिडाडलाई २-१ ले हराउँदै स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

एट्लेटिको मड्रिडले घरेलु मैदानमा खेलमा रियल सोसिडाडलाई २–१ ले पराजित गरेको हो। यो जितसँगै  उसले ३६ खेलबाट ८० अंक पुगेको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७५ तथा सेभियाको ७४ अंक छ ।

एट्लेटिको मड्रिडलाई जिताउन यान्निक करास्को तथा एन्जल कोरेराले सान १-१ गरे। रियल सोसीडाको इगर जुबेल्डियाले सान्त्वना गोल फर्काएका थिए।