काठमाडौं। भोलि (आइतबार) बेलुकाबाट कतारमा फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता विश्वकप सुरु हुँदै छ । विश्वभरका खेलप्रेमिहरुले ठूलो चासोका साथ हेर्ने यो प्रतियोगिताका खेलहरु नेपालमा भने यस पाली अलिक फरक तरिकाबाट हेर्नुपर्ने भएको छ ।

नेपालमा गत संस्करणका खेलहरु जसरी कुनै एक नियमित च्यानलले भने प्रसारण गर्ने छैन । विश्वकपको खेलका लागि छुट्टै च्यानल खरिद गरेपछि मात्र उक्त च्यानलमा खेलहरु हेर्न सकिनेछ । छुट्टै शुल्क तिर्नुपर्ने विषयलाई लिएर विश्वकप फुटबल प्रसारण गर्ने निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालत मुद्दासमेत पर्योि । तर उक्त मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हुँदा विश्वकप फुटबलको खेलहरु हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने भएको हो ।

नेपालमा विश्वकप प्रसारणको एक्सक्लुसिभ अधिकार लिएको मिडिया हबले केबल अपरेटर, डीटीएच, ओटीटीमार्फत् निश्चित शुल्क लिएर विश्वकप फुटबल प्रसारण गर्ने भएको हो ।

मिडिया हबले प्रति सेटअप बक्स करसहित ५ सय ६५ रुपैयाँ अतिरिक्त शुल्क तिरेपछि विश्वकप खेलहरु हेर्न सकिनेछ । मिडिया हबले प्रत्यक्ष प्रसारणको अधिकार नयाँ च्यानल हिमालय प्रिमियम एचडीलाई दिएको हुँदा अतिरिक्त शुल्क तिरेपछि उक्त च्यानलबाट हेर्न सकिनेछ ।