तस्विर: can

काठमाडौं। सुरुवाति फिल्डिङ रोजेको नेपालले तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङ र भीम सार्कीको अर्धशतकको सहयोगमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकामाथि ६ विकेटको सहज जित हात हात पार्दै पहिलो जित दर्ता गरेको छ । जितसँगै नेपाल शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।

जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबको स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अल आउट हुँदै २ सय ७ रनमा जोडेर नेपाललाई २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अमेरिकाका सातौं नम्बरका विकेटकिपर शायन जाहांगिरले ७९ बलमा १० चौका र ३ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि भने पर्याप्त हुन सकेन।

नेपालका लागि तिब्र गतिका बलर करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए । प्रमुख ब्याटर टेलर आउट भएपछि अमेरिका दबाबमा परेको थियो । एक समय १८-४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले पावर प्लेमा घातक बलिङ गर्दै नेपाल अमेरिकामाथि दबाब कायम राखेका थिए ।

जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा भीम सार्की १ सय १४ बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट हुन पुगे । कुशल स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भए । अर्का ओपनर आसिफ शेख १२ रनमा सौरभ नेत्रवालकरको बलमा एलबीडब्लू आउट गरे। कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । स्पिनर निसर्ग पटेलको बलमा रोहित जेसी सिंहबाट क्याच आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । कुशल स्टिभ टेलरको बलमा लङअफमा सिंहबाट क्याच आउट हुन पुगे । 

अमेरिकाका लागि सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक एक विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन ।