काठमाडौं। कप्तान अन्जन विष्टको प्रेरणादायी खेलमा ललितपुर सीटी एफसी नेपाल सुपर लिगको एलिमिनेटर प्रवेश गरेको छ। लिगको तेस्रो स्थान रहेको ललितपुर सिटी एफसीले बुटबल लुम्बिनीलाई १-० ले हराउँदै एलिमिनेटर प्रवेश गरेको हो।

ललिपुरले यो जितसँगै नेपाल सुपर लिगको फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ। उसले फाइनलका लागि बिहीबार(आज) काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्दै छ। ललितपुरलाई एलिमिनेटरमा पुर्‍याउन कप्तान अन्जन विष्ट प्रेरणादायी  रहे, उनकै निर्णायक गोलमा ललितपुर सिटी एफसी एलिमिनेटर प्रवेश गरेको हो। खेलको पहिलो हाफमा गोल रहित बराबरी खेलेको अवस्थामा अन्जनले ललितपुरलाई  जिताउन खेलको दोस्रो हाफमा गोल गरेका थिए। जुन गोल निर्णायक बन्न् पुग्यो। 

खेलमा ललितपुरका मिक्चेन तामाङ इमर्जिङ खेलाडी घोषित भए, भने ललितपुरकै गोलरक्षक अर्पण कार्की प्लेयर अफ दि म्याच घोषित भए।

सअघि काठमाडौं रेजर्स पहिलो प्ले अफमा धनगढी फुटबल क्लबसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै फाइनल प्रवेशको अर्काे मौका पर्खिनु परेको थियो । धनगढी एफसी भने फाइनलमा स्थान पक्का गरिसकेको छ।