काठमाडौं। धनगढी एफसी सिजनमा पहिलो सञ्चालनमा भएको नेपाल सुपर लिगको फाइनल प्रवेश गरेको छ। प्ले अफमा शीर्ष स्थानमा रहेको काठमाडौंलाई २-१ गोलले जितेको छ। 

खेलको अग्रता भने काठमाडौं रेजर्सले गरेको थियो। पहिलो हाफ गोल रहित हुन पुग्दा दोस्रो हाफको ७५ औँ मिनेटमा तेज तामाङ्ले सुन्दर गोल गर्दै काठमाडौं रेजर्सलाई अग्रता दिलाएका थिए। तर, गोल खाएको ३ मिनेट नवित्दै काठमाडौं रेजर्सका विकेश कुथुले बल पच्छ्याउन नसक्दा पुजन उपरकोटीले सुन्दर गोल गर्दै धनगढीलाई खेलमा फर्काएका थिए।

धनगढी एफसीले दोस्रो हाफमा १-० ले पछि परिसकेको अवस्थालाई उल्टाउँदै दोस्रो हाफको ७८ औँ मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्केको थियो। त्यस्तै निर्धारित ९० मिनेटमा १-१ को बराबरी खेलेको धनगढी र काठमाडौं रेजर्सबीचको खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो।

अतिरिक्त समयको ११२ औँ मिनेटमा सबस्टिच्युटमा आएका रमेश दङ्गालको हेडर पासलाई सदुपयोग गर्दै विशाल राईले धनगणढीलाई अग्रता दिलाउँदा खेल धनगढीले जितेको हो।