काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २२४ जना कोरोना सङ्क्रमणबाट निको भएका छन्। यस सँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ३  लाख १२ हजार १९ पुगेको छ। 

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९  हजार ४८३ जना कोरोना सङ्क्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ लाख १३ हजार १११ रहेको मन्त्रालयले जनाएको छ।

नेपालका कोरोना सङ्क्रमणको कारण आज २२५ जना को ज्यान गएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।