काठमाडौं। नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि प्ले अफको खेल आजबाट सुरु हुँदै छ। प्ले अफको पहिलो खेल आज साँझ काठमाडौं रेजर्स र धनगढी एफसीबीच हुने भएको छ।

साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा जित दर्ता गर्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनलमा पुग्न पुन: एक खेल खेल्न पाउने छ। पराजित हुने टोलीले तेस्रो र चौथो स्थानमा रहेका टिमबीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ। 

सात क्लबको सहभागिता रहेको सुपर लिगमा काठमाडौं रेसर्ज १३ अङ्कका साथ तालिकको शीर्ष स्थानमा छ भने १० अङ्कका साथ धनगढी एफसी दोस्रो, ९ अङ्क बटुलेको ललितपुर एफसी तेस्रो तथा ८ अङ्कमा रहेको बुटबल लुम्बिनी एफसी चौथो स्थानमा रहेको छ।