रामेछाप। रामेछाप जिल्ला स्थित गोकुलगंगा गाउँपालिका वडा नं. -६, फर्पु  घर भएका २१ वर्षिया कल्पना खड्काले गएराति रुखमा झुण्डिएर आत्माहत्या गरेकी छन् । राति करिब ९ः०० बजे घर नजिकैको रुखमा झुण्डिएको अबस्थामा खडकाको शब फेला परेको उनको पारिवारिक स्रोतले जनाएको छ।

उनी साँझ ८ः०० बजे घर बाहिर निस्केकी थिइन। सदाझैँ नजिकै छिमेकीको घरमा गएको होला भन्ठानेर घरका सदस्यहरुले खोजबिन गरेको थिएन। तर, राति अबेरसम्म नआएपछि घर नआएपछी सोधी खाजी गर्दा घर नजिकैको रुखमा झुण्डिएको अबस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरिएको स्थानीय दिनेश खडकाले बताए ।

मृतक खड्का लामो समय देखी सामान्य मानसिक रोगी र बेला बेला छोप्ने ब्यथा रहेको स्थानीयले बताएका छन् ।

प्रहरी घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको र आज बिहान जिल्ला प्रहरी कार्यालय रामेछापबाट अनुसन्धानको टोली सहित घटना स्थलमा पुगी घटना बारे मुचुल्का उठाई सब पोष्टमार्टमको लागी मन्थली सामुदायिक अस्पतालमा ल्याईएको छ।