काठमाडौं। नेपाल सुपर लिगको आए भएको खेलमा शीर्ष स्थानमा रहेको धनगढी एफसीलाई १-० हराउँदै बुटबल लुम्बिनी एफसीले शीर्ष चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा खेलको दोस्रो हाफको ८० औँ मिनेटमा विलियम ओपोकुको पासलाई सदुपयोग गोल गरेर बुटबल लुम्बिनीलाई प्लेअफमा पुर्‍याएका हुन्।

खेलको पहिलो तथा दोस्रो हाफमा दुवै टिमले राम्रा अवसरहरू हासिँल गरे पनि गोल गर्न चुक्दा खेलको ८० औँ मिनेटमा बुटबल लुम्बिनीले लिएको अग्रता जितका लागि पर्याप्त हुन पुग्यो। खेलको इमर्जिङ् खेलाडीको रुपमा गोलकर्ता सुमन लामा भए भने सुपर प्लेयर अफ द खेलाडी विलियम ओपोकुले पाए। खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै आजै दिउँसो भएको खेलमा ललितपुर सिटी एफसीले विराटनगर सिटी एफसीलाई ४-० ले पराजित गर्दै प्ले अफमा स्थान बनाएको छ। ललितपुरको जितमा कप्तान अन्जन विष्ट नायक बने। अन्जन विष्टको दुई गोल र एक एसिस्टको मद्दतमा ललितपुरले विराटनगर सिटीमाथी फराकिलो जित निकालेको थियो।