सिन्धुली। नयाँ भेरिएन्ट सहितको कोभिड -१९ सङ्क्रमित भेटिएसँगै निषेधाज्ञा जारी गरिएको सिन्धुलीस्थित तीनपाटन गाउँपालिकामा बैशाख ३१ गतेसम्म कायम रहने भएकव छ। गाउँपालिकाको शनिबार बिहान बसेको बैठकले ३१ गतेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो।
गाउँपालिकाले अत्यावश्यक सेवा र स्वास्थ्य सम्बन्धी सेवा बाहेकका अन्य नियमित सेवा बन्द रहने जनाएकोछ। गाउँपालिकाभित्रका पसलहरू साँझ ४ देखि ६ सम्म २ घण्टामात्र खोल्न अनुमति दिएको छ।
त्यस्तै, गाउँपालिकाले सभा, सेमिनार, सम्मेलन, तालिम, गोष्ठी लगायतका कार्यक्रम र सार्वजनिक यातायातसमेत बैशाख ३१ गतेसम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ।