खाङसाङ। फिक्कल गाउँपालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको तथ्याङ्क सङ्कलन सुरु हुने भएको। बिहीबार गाउँपालिका स्तरीय गाउँपालिका भित्र रहेका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको तथ्याङ्क सङ्कलनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गर्दै तथ्याङ्क सङ्कलन गरिने उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनु भएको छ।

भूमि सम्बन्धी समस्या समाधान आयोग र फिक्कल गाउँपालिकाको सहकार्यमा फिक्कल गाउँपालिका स्तरीय फिक्कल गाउँपालिका भित्र रहेका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको तथ्याङ्क सङ्कलनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। भूमिहिन दलित, सुकुमबीको पहिचान र प्रमाणिकरणका लागि आवश्यक तथ्याङ्क सङ्कलन र अव्यवस्थित बसोबासको बर्गिकरण सम्बन्धी विवरण सङ्कलन सम्बन्धी अभिकुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

फिक्कल गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षता तथा भूमि सम्बन्धी समस्या आयोगका केन्द्रीय सदस्य केशव प्रसाद देबकोटाको प्रमुख आतिथ्यता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुुवार, गाउँपालिकाका प्रत्येक वडाका अध्यक्ष, सचिव तथा तथ्याङ्क सङ्कलनका लागि खटिने स्वयमसेवकहरुको उपस्थिती रहेको र स्थानीय तहको प्रत्येक वडाबाट विवरण सङ्कलन गरिने गाउँपालिकाका उपाध्यक्ष सुनुवाले जानकारी दिनुभयो।

भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य देबकोटाले कार्यक्रममा प्रशिक्षण गराउनु भएको थियो। तथ्याङ्क सङ्कलनका लागि प्राबधानका अनुसार स्थानीयतह स्तरीय सम्बन्धी समस्या समाधान सहजिकरणका समिती पनि गठन गरिनु पर्ने हुन्छ। जसमा स्थानीय तहका प्रमुख संयोजक, स्थानीय तहका उपप्रमुख उपसंयोजक रहने छ। सम्बन्धित स्थानीय तहका क्रियाशिल रहेका राष्ट्रिय मान्यता प्राप्त राजनितिक दलका प्रमुख सदस्य रहने,कार्यपालिका सदस्यहरबाट एक दलित महिला सहित २ जना सदस्य पनि रहने र नागरिक समाजका प्रतिनिधि १ महिला सहित २ जना सदस्य पनि रहने छन्।

त्यस्तै विवरण सङ्कलनका लागि वडा स्तरीय समिती पनि गठन गर्नु पर्न छ। जसमा वडा अध्यक्षको अध्यक्ष,वडा सचिव सदस्य सचिव,वडा सदस्यहरु सदस्य र नागरिक समाजका कम्तिमा १ महिला सहित २ जना प्रतिनिधि सदस्य रहने प्राबधान रहेको छ । गाउँपाकिलामा उक्त समिती गठन गर्न बाँकि रहेको उपाध्यक्ष सुनुवारले जबताउनु भयो । जेठ महिनामा तथ्याङ्क सङ्कलन गरिसक्नुपर्न भएकाले अब लगतै सङ्कलन गर्न सुरु गरिने जनाइएको छ।