सिन्धुली। सिन्धुली जिल्ला स्थित फिक्कल गाउँपालिकाको वडा नं. १ को भुल्के र प्रदेश नं. १, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. १३, तिनकन्या जोड्ने ट्रष्ट पुल उद्घाटन भएको छ। बैशाख २१ गते एक कार्यक्रमबीच फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले उक्त पुल उद्घाटन गर्नु भएको हो।
ट्रष्ट पुल उद्घाटन गर्दै उपाध्यक्ष सुनुवारले भुल्के र तिनकन्याका स्थानीयलाई आवत जावतमा सहज हुने बताउनु भएको छ। नेपाल सरकारको २७ लाख लगानीमा ३२ मिटर लामो ट्रष्ट पुल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउन पाउँदा फिक्कलबासीको समस्या समाधाना सिँढी थप्ने काम पुरा भएको उपाध्यक्ष सुनुवारले बताउनु भएको छ।
पुल निर्माण पश्चात वर्षातको समयमा समेत आवतजावत गर्न सकिने भएको छ। विद्यालय उमेरका बालबालिकाको आवतजावत र स्थानीयहरूको आवतजावतमा समेत सहजता भए संगै जनजीवनमा सहजता हुने स्थानीयहरुको बुझाई रहेको छ।

