काठमाडौं। जारी नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले बुटबल लुम्बिनिलाई १-० ले हराएको छ। जारी लिगको आज साँझ दशरथ रङ्गशालामा भएको खेलमा काठमाडौं रेजर्सले जित निकालेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार(आज) भएको खेलमा पहिलो हाफको चौथो मिनेटमा स्टेफन विनोङ समिर गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए, त्यस पश्चात दुवै टिमबाट खेल समयमा गोल गर्न नसक्दा खेल काठमाडौं रेजर्सले जितेको हो। 

जितपछि काठमाडौं रेजर्स चार खेलबाट ७ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानमा रहेका धनगढी एफसी र विराटनगर सिटी एफको पनि  समान ४ खेलमा ७ अङ्क नै रहेपनि काठमाडौं गोलअन्तरमा पछि परेको हो।