काठमाडौं ।  नेपालमा कोरोना भाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेका छन् । पछिल्लो चौबीस घण्टामा ५५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  - गोरखापत्र