कोरोना भाइरसको संक्रमण खेलाडीमा पनि फैलिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट रोकिएको छ । जारी संस्करणको आपिएल क्रिकेट अनिश्चितकालका लागि स्थगित गरेको हो ।

 

आपिएलका प्रमुख बृजेश पटेलले खेलाडीमा संक्रमणका घटना पुष्टि भएपछि लिग तत्कालका लागि स्थगित गरिएको बताएका हुन्  । बीसीसीआईका पूर्व उपाध्यक्ष राजीव शुक्लाले पनि आइपिएल अनिश्चितकालका लागि स्थगित तय गरिएको बताएका छन् ।