काठमाडौं। फुटबल खेललाई टेवा पु‍र्‍याउन यस सिजनबाट सुरु भएको खुकुरी नेपाल सुपर लिगको हिजो भएको खेलमा बिराटनगर सिटी एफसिले चितवन एफीलाई २-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। खेलको दोस्रो हाफमा स्पेनिस फरवार्ड पेड्रो मान्जी र सन्तोष तामाङको गोलमा विराटनगर सिटी एफसीले एफसी चितवनलाई हराउँदै खुकुरी नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको हो ।

सोमबार अपरान्ह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा विराटनगरका पेड्रो मान्जीले खेलको  ७३औं मिनेटमा अग्रता दिलाए भने खेलको ८९ मिनेटमा सन्तोष तामाङेल अग्रतालई दोब्बर बनाउँदा बिराटनर शीर्ष स्थानमा उक्लिएको हो।

सुपर लिगमा ७ वटा टिम समावेश भएका छन् । जसमा समान चा खेल खेलेको धनगढी फूटबल क्लब र बिराट नगर सिटीको समान ७ अङ्क रहेको गोल डिफरेन्स र हेड टु हेडका आधारमा बिराटनगर अगाडी रहेको छ। तीन खेल खेलेको बुटबल लुम्बिनी फुटबल क्लब ५ अङ्क सहित तेस्रो स्थानमा रहेको छ।

आज, तेस्रो स्थानमा रहेको बुटबल लुम्बिनी र काठमाडौं रेजियर्स बीच प्रतिस्पर्धा हुँदे छ। खेल दशरथ रङ्गशालामा साँझ ५:३० मा शुरु हुनेछ।