काठमाडौं। नेपालमा तिब्र गतिमा कोभिड १९ सङ्क्रमित थपिने क्रम जारी रहेको छ। नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४८ जना कोभिड १९  सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन्ट विधिबाट १७ हजार ४६ जनामा गरिएको परीक्षणमा ७ हजार ४ सय ४८ जना अर्थात झण्डै ४४ प्रतिशतमा कोभिड १९  संक्रमण पुष्टि भएको जनाएको छ। आज थपिएका सङ्क्रमित मध्ये करिब ३ हजार काठमाडौं उपत्यकाका रहेका छन्।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनाको ज्यान गएको छ।