काठमाडौं। गत साताको सुरुमा ओरालो लागेको शेयर बजार साताको अन्ततिर झिनो अङ्कले उकालो लागेको थियो। तर, कोरोना महामारीकाबीच यस साताको पहिलो दिन शेयर बजार उकालो लागेको छ, आज नेप्से परिसूचक ५४ अङ्कले बढेको हो।

 साताको पहिलो दिन ५४ अङ्कले बढेको शेयर बजार कूल २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच भएका छन्। कारकोबार रकम भने  ७ अर्ब नाघेको छ।

समूहगत सूचकहरुमा हरीयाली छाएपनि हाइड्रो पावरका शेयरहरू केही घटेका छन् भने बिशालबजार कम्पनीको शेयरमा सर्कीट लागेको छ ।