काठमाडौं। यस साताको शुरुदेखि नै ओरालो लागेको शेयर बजार कारोबारको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले ओरालो लागेको छ। बिहीबार आज शेयर बजार ११ दशमलव ९६ अंकले घटेर २ हजार ८ सय १ दशमलव ५६ अंकमा झरेको छ।

बजारसँगै सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७० अंकले घटेको छ। बुधबारको तुलनामा कारोबार रकममा भने केही सुधार देखिएको छ। बुधबारको तुलनामा बिहीबार हरिब ३४ करोड बढी करोबार हुँदै कारोबार रकम ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

बिहीबार २२७ कम्पनीहरुका शेयरहरू कारोबार हुँदा अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसन, सिन्धु विकास बैंक, एनटीसी, आईसीएफसी लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ।