काठमाडौं। कारोबारको अन्तिम दिन नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि करेक्सनमा भएको नेप्से कारोबारहुने अन्तिम दिन बिहीबार ३३ अङ्कले बढेको हो। 

आज नेप्से परिसूचक ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा पुगेको छ। बिहीबार २ सय २९ कम्पनीमध्ये १ सय ७९ कम्पनीको शेयरमूल्य बढेसँगै नेप्से पनि उकालो लागेको हो। तर कारोबार रकम घटेर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजारको मात्र खरिदबिक्री भएको छ।

आज सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ। साताको अन्तिम दिन मैलुङ्ग खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावर गरी तीन कम्पनीको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ भने न्यादी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत, गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ।