काठमाडौं। सेयर बजारमा आज सामान्य करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १०.७८ विन्दुले करेक्सन भएर २९३६.६६ अंकमा झरेको हो ।

मंगलबार शेयर बजार करेक्सन भएपनि कारोबार भने ८ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको भएको छ । कारोबारको सुरु समयदेखि हरियाली देखिएको शेयर बजार अन्तिम समयमा १० अङ्कले घटेको हो।

सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ।

मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ४.४७ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.४० प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै  अपि पावरको  २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।