सिन्धुली। सिन्धुलीस्थित ग्वाङ खोला नजिकै १ नं. बजारको नजिकै हरेक शनिबार लाग्ने हाटबजार अर्को सूचना जारी नहुँदासम्मको लागि बन्द हुने भएको छ। कोभिड १९ सङ्क्रमण जोखिम बढेसँगै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

कोभिड १९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार प्रभावकारी ढंगले गर्नको लागि गठित समितिको बैठकको निर्णयानुसार अर्को सूचना जारी नहुँदासम्मको लागि प्रत्येक शनिबार लाग्ने हाटबजार बन्द गरिएको सूचना जारी गरिएको छ।