रामेछाप। रामेछाप जिल्लास्थित गोकुलगंगा गाउँपालिकाले सेवा प्रवाह बन्द गर्ने म्याद थप गरेको छ। गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समिति/पालिका स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बैशाख २४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो।

गत बैशाख १२ गते बसेको समितिको बैठकले १७ गतेसम्मका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको थियो। तथापी, कोभिड १९ सङ्क्रमको जोखिम कायमै रहेको भन्दै समितिले सेवा प्रवाह बन्द गर्ने समयावधि बढाएर बैशाख २४ गतेसम्म कायम गरेको हो।

यो पनि पढ्नुहोस्:

गोकुलगंगा गाउँपालिकाले गर्‍यो १७ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द