काठमाडौं । स्पेनिस ला लिगाको आज राति भएको खेलमा लिग लिडर एट्लेटिको म्याड्रिड पराजित भएको छ । एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २–१ ले पराजित हुन पुगेको हो ।

उपाधिको दाबेदार रहेको एट्लेटिकोको यो हारसँगै शीर्षस्थानको लागि प्रतिस्पर्धा गरिरहेको रियल म्याड्रिड, बार्सिलोना र सेभिल्लालाई ठूलो राहत मिलेको छ । एट्लेटिकोले शीर्षस्थानमा ३३ खेलबाट स्पष्ट ५ अंकको अग्रता कायम राख्ने अवसर गुमाउँदा समान लेखबाट ७१ अंक रहेको रियल म्याड्रिड, ३२ खेलबाट ७१ अंक रहेको बार्सिलोनासँग थप प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

त्यस्तै ला लिगाको आज राति नै भएको अरु खेलमा बार्सिलोनाले भिल्लारियललाई, सेभिल्लाले ग्रानाडलाई, सेल्टाभिगोले ओसासुनालाई समान १ को विरुद्ध  २ गोलले पराजित गरेका छन् भने गेटाफेले हुइस्कालाई २-० गोल अन्तरले हराएको छ ।