काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २८ जना सङ्क्रमितको मृत्यु भएको छ।
पछिल्लो समय सङ्क्रमित हुने मध्ये झण्डै आधा संख्या काठमाडौं उपत्यकाका रहेका छन्। उपत्यकामा पछिल्लो १४ घण्टामा १ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ९२ जनामा गरिएको पीसीआर परीक्षणमा ३०३२ र ७ सय ८६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९० जना गरी कुल ३ हजार १ सय २२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो।

