काठमाडौं। त्रि-नेशन टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। योसँगै नेपालले आफ्नो  सस अघिको २ सय ३६ रनको उच्च स्कोरको रेकर्ड तोडेको छ।

नेपालले नेदरल्याण्ड सामु विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा कुशल भुर्तेल र कुशल मल्लले अर्धसतक पारी खेले भने दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे । नेपालले यस अघि सन् २०१९ डिसेम्बर ५ मा भुटनसँगको टी २० खेलमा २ सय ३६ रन जोडेको थियो।

नेदरल्याण्डलाई विशाल लक्ष्य दिने क्रमममा कुशल भुर्तेलले ५३ बलमा ७७, आसिफ शेखले ८ बलमा १६, कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन, कुशल मल्लले २४ बलमा ५० र दिपेन्द्र सिंह ऐरीले १८ बलमा ४८ रनको योगदान गरेका छन् ।